Responsive Ad Slot

latest

ढोरफिर्दीमा विश्व शान्तिको कामना गर्दै राजयोग शिविर शुरु I

Sunday, December 25

/ by Admin BHOLA THAPA
पवन पौडेल
तनहुँ पुस १० गते ।
ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र दुलेगौडाको आयोजनामा विश्व शान्तिको कामनाका साथ आजबाट तनहुँको ढोरफिर्दीमा पाँच दिवसिय राजयोग शिविर शुरु भएको छ । शिविरमा मानव स्वास्थ्य,लागुपदार्थको र्दुव्यसन र त्यसले पार्ने असर तथा त्यसबाट बच्न अपनाउनुपर्ने उपाय लगायतका बिषयमा सहभागिलाई प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ ।
शिविरमा ब्रह्माकुमारी अप्सारा,ब्रह्माकुमारी ईन्दिरा,ब्रह्माकुमारी रश्मी र ब्रह्माकुमार राजु खड्काले प्रशिक्षण दिनु हुने छ । प्रशिक्षणमा ६५ जनाको सहभागिता रहेको बताइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI