नारायण सापकोटा
तनहुँ मंसिर ७-देबघाट क्षेत्र विकाश समितीद्धारा देबघाटधाम तनहुमा संचालित देबघाट समाज कल्याण केन्द्र बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई आज एक संस्थाले खाना तथा खाजा खुवाउने कार्य सम्पन्न गरेको छ ।
लायन्स क्लब अफ नारायणगढ संगमचोकको आयोजनामा आज बिहान एक कार्यक्रमका बिच बृद्धबृद्धालाई सम्मान गर्दै खाना तथा खाजा खुवाईएको संस्थाका सचिब बिशालबाबु तिमिल्सिनाले जानकारी दिएका छन ।
उक्त कार्यक्रम संस्थाका संयोजक दिपक अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो ।