Responsive Ad Slot

latest

मर्मतका लागि मुग्लिन पुल बन्द हुने

Thursday, November 10

/ by Krishna Neupane
कृष्ण न्यौपाने
तनहुँ, २४ कार्तिक
मर्मत कार्यका लागि पृथ्वीराजमार्गको मुग्लिन पुल फेरी तीन दिन बन्द हुने भएको छ । दिनभर पुलमा सवारी चल्ने हुँदा काम गर्न नसकिने भएकोले राती ९ बजे देखि बिहान ९ बजेसम्म यातायात बन्द गरी पुल मर्मत गर्न लागिएको हो ।
पुल मर्मतका लागि कात्तिक २४ गते बिहीबार देखि कात्तिक २६ गते शनिवारसम्म पुलमा यातायात बन्द गर्न लागिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विरेन्द्र थापाले बताए ।
यस अगाडि भदौ महिनामा समेत जीर्ण भएको मुग्लिङ पुलको मर्मत कार्य गरिएको थियो । त्यस क्रममा पुलको काठको डेक निकाली स्टील राख्ने खिया लागेका नल बल्ट फेर्ने स्टील पेन्ट गर्ने लगायत कार्य सम्पन्न भएको थियो ।
२०२८ सालमा निर्मित यो पुल पृथ्वी राजमार्गको सबैभन्दा पुरानो पुल मानिन्छ । उक्त पुल भएर तनहूँ लगायत कास्की गोरखा लमजुङ पर्वत स्याङजा बागलुङ लगायतका जिल्लाका यात्रुहरु आवातजावात गर्ने गर्दछन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI