नारायण सापकोटा,
चितबन कार्तिक २५ -शिक्षामन्त्री दीनानाथ शर्माले वर्तमान सरकार शान्ति र संविधानमा केन्द्रीत रहेको स्पष्ट पार्दै छ महिनाभित्र शान्ति प्रक्रियाले पूर्णता पाउने बताएका छन् । मन्त्री शर्माले राज्य पुनःसंरचनामा बहस चलिराखेकाले संविधानको खाका पनि छिट्टै बन्ने विश्वास व्यक्त गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय चितवनको निरीक्षणको क्रममा शुक्रबार भरतपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले राजनीतिक सहमतिबाट सबै समस्याको समाधान गर्नुपर्नेमा समेत जोड दिएका छन् । अहिलेको राजनीतिक तरलताका कारण शिक्षा नीतिमा परिमार्जन गर्न नसकिने भन्दै उनले सङ्घीयताको टुङ्गोपछि मात्र शिक्षा क्षेत्रको समग्र विकास हुने बताउका छन् ।
मन्त्री शर्माले नवलपरासीको गैँडाकोटमा आयोजित संस्कृत विश्वविद्यालयको प्राध्यापक सङ्घको अधिवेशनको उद्घाटन कार्यक्रममा पनि सहभागी भएका थिए । सो कार्यक्रममा विगतका कुरा बिर्सिएर राजनीतिक सहमतिमा अगाडि बढ्नुपर्ने मन्त्री शर्माले धारणा राखेका थिए ।नेपाल संस्कृत विश्वविद्यालय प्रध्यापक संघ केन्द्रिय समितिको चौँथो राष्ट्रिय अधिबेशन आजदेखी नवलपरासीको गैडाँकोटमा शुरु भएको हो ।
कालीका संस्कृत विद्यापिठ गैडाँकोट नवलपरासीमा आज देखीसुरु भएकोे अधिबेशनले नयाँ विद्यान पारित गरी कार्यसमिति चयन गर्ने छ । अबिधेसन तीन दिन सम्म चल्ने संघले जनाएको छ ।यस्तै अधिवेशनको बन्द सत्र भोली हुने छ ।
जिल्ला शिक्षा कार्यालय चितवनको निरीक्षणको क्रममा शुक्रबार भरतपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले राजनीतिक सहमतिबाट सबै समस्याको समाधान गर्नुपर्नेमा समेत जोड दिएका छन् । अहिलेको राजनीतिक तरलताका कारण शिक्षा नीतिमा परिमार्जन गर्न नसकिने भन्दै उनले सङ्घीयताको टुङ्गोपछि मात्र शिक्षा क्षेत्रको समग्र विकास हुने बताउका छन् ।मन्त्री शर्माले नवलपरासीको गैँडाकोटमा आयोजित संस्कृत विश्वविद्यालयको प्राध्यापक सङ्घको अधिवेशनको उद्घाटन कार्यक्रममा पनि सहभागी भएका थिए । सो कार्यक्रममा विगतका कुरा बिर्सिएर राजनीतिक सहमतिमा अगाडि बढ्नुपर्ने मन्त्री शर्माले धारणा राखेका थिए ।नेपाल संस्कृत विश्वविद्यालय प्रध्यापक संघ केन्द्रिय समितिको चौँथो राष्ट्रिय अधिबेशन आजदेखी नवलपरासीको गैडाँकोटमा शुरु भएको हो ।
कालीका संस्कृत विद्यापिठ गैडाँकोट नवलपरासीमा आज देखीसुरु भएकोे अधिबेशनले नयाँ विद्यान पारित गरी कार्यसमिति चयन गर्ने छ । अबिधेसन तीन दिन सम्म चल्ने संघले जनाएको छ ।यस्तै अधिवेशनको बन्द सत्र भोली हुने छ ।