Responsive Ad Slot

latest

बान कि मुन–प्रचण्ड भेट

Wednesday, November 9

/ by Admin BHOLA THAPA

काठमाडौँ,
२३ कात्तिक - संयुक्त राष्ट्रसङ्घका महासचिव बान कि मुनले बृहत्तर लुम्बिनी विकासका लागि सक्दो सहयोग गर्ने वचन दिनुभएको छ ।  पूर्व प्रधानमन्त्री एवम् लुम्बिनी विकास राष्ट्रिय समितिका संयोजक पुष्पकमल दाहाल र महासचिव बान कि मुनबीच संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा मङ्गलबार भएको भेटमा महासचिव मुनले सो कुरा बताउनुभएको हो ।

महासचिव मुनले हालै नेपालमा भएको शान्तिप्रक्रिया र नयाँ संविधान निर्माण सफलतापूर्वक सम्पन्न गर्न लिइएको कदमको प्रशंसा गर्दै संयोजक दाहाललगायत राजनीतिक दलहरुलाई धन्यवाद दिनुभयो ।
भेटमा लुम्बिनीलाई विश्वशान्ति सहरको रुपमा विकास गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र बृहत्तर लुम्बिनी विकासका लागि नेतृत्व प्रदान गर्न महासचिव मुनले स्वीकार गर्नु भएको जानकारी पूर्व प्रधानमन्त्री दाहालले दिनुभयो । 

भेटका अवसरमा पूर्व संस्कृति मन्त्री डा मीनेन्द्र रिजाल, राष्ट्रसङ्घका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्य र समितिका मनोजबहादुर श्रेष्ठको सहभागिता थियो ।

फोटो: सौजन्यः नेपाल मिसन ईकान्तिपुर

Don't Miss
© all rights reserved
made with by netKUTI