Responsive Ad Slot

latest

भोलि सर्वोच्च कमाण्डरको जन्म जयन्ती

Wednesday, November 9

/ by Admin BHOLA THAPA
काठमाडौँ,
कातिक २३ - जनआन्दोलन– २०४६ का सर्वोच्च कमाण्डर गणेशमान सिंहको ९७ औँ जन्म जयन्ती भोलि मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै छ ।सो अवसरमा गणेशमान स्मृति प्रतिष्ठानले भोलि राजधानीको भृकुटीमण्डपमा उहाँले प्रजातान्त्रिक आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा अन्तरक्रिया गर्ने जनाएको छ ।

अन्तरत्र्रिmयामा व्यवस्थापिका– संसदमा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दल एनेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरु सहभागी रहनु हुने बताइएको छ । विसं १९७२ कात्तिक २४ गते जन्मनु भएका गणेशमान सिंहको निधन २०५४ असोज २ गते भएको थियो । प्रतिष्ठानले प्रजातान्त्रिक आन्दोलनमा सिंहले पु¥याउनु भएको योगदान, सङ्घर्षको गाथाबारे युवा पुस्तामा सन्देश दिन हरेक वर्ष विविध कार्यक्रम गर्दै आएको प्रतिष्ठानका अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI