तनहुँ खबर संवाददाता
गोरखा, २५ कात्तिक । गोरखा जिल्लाको निर्वाचन क्षेत्र नं। २ को कान्छो गाउँ विकास समितिको रुपमा परिचित दुर्गम घ्याच्चोक गाविसमा पहिलोपटक गाडी पुगेको छ । इन्द्रबहादुर गुरुङको गाडी यही कात्तिक २४ गते स्थानीय बासिन्दाको पहलमा गाउँको ठूलो आँगनमा पुर् याइएको हो ।
गाडी गाउँमा आइपुगेकामा गाउँलेले हर्षोल्लासका साथ फूलमालाले भव्य स्वागत गरेका थिए । वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराई एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्री हुँदा तीस लाख रुपैयाँबाट काम सुरु भई गत आव २०६७÷६८ को जिविस परिषद्बाट दश लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण कार्य सम्पन्न भएको हो ।
केही प्राविधिक समस्या र जिल्लास्थित राजनीतिक संयन्त्रको हेलचेक्रुइँका कारण जिविसबाट विनियोजित १० लाख रुपैयाँमध्ये ४ लाख ५० हजार रुपैयाँ पि्रुज भई बीचमा काम अवरुद्ध भएको थियो । स्थानीय बासिन्दाको सकि्रयतामा रु ११ लाख ऋण सङ्कलनपश्चात् उक्त सिमजुङ-घ्याच्चोक मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको हो ।
हाल रु १० लाख ऋण तिर्न निर्माण समितिलाई धौ-धौ भइरहेको समितिका अध्यक्ष रामबहादुर गुरुङ बताउँछन् ।
अर्का स्थानीय शिक्षक तिलबहादुर गुरुङका अनुसार विकट गाउँको विकास अहिले नै गर्नुहुँदैन भन्ने मान्यतामा जिल्लास्थित राजनीतिक दलहरु रहेका कारण घ्याच्चोकको विकास हुन नसकेको हो ।