तनहुँ खबर संवाददाता, कार्तिक २५
राधा माधव समिति नेपालको आयोजना र आध्यात्मिक प्रवचन समिति दमौलीको व्यवस्थापनमा आजदेखि दमौलीमा दार्शनिक प्रवचन हुने भएको छ । आध्यात्मिक चिन्तन विकास गर्ने उद्देश्यले आजदेखि मंसिर ५ गतेसम्म प्रवचन हुन लागेको हो ।
बिहान ११ बजे दमौलीमा झाँकी सहित र् याली निकालिने प्रचारप्रसार संयोजक शंकरलाल राजभण्डारीले बताए । स्वामी हरिदासजी जगद्गुरु कृपालु महाराजका प्रचारक स्वामी हरिदासले प्रवचन दिने कार्यक्रम कुनै पनि जात धर्म समाज वा सम्प्रदाय विशेषमा नबाँधिएको आयोजकले जनाएका छन् ।
प्रवचन जिल्ला सभागृह हल दमौलीमा निशुल्क रुपमा साँझ ४ बजेदेखि ५ः३० बजेसम्म हुनेछ ।