Responsive Ad Slot

latest

धादिङको विकटमा रहेको धुषा गाउँमा सोलार जडानले उज्यालोमा वस्न पाएपछी चेपाङ समुदाय खुसीयाली

Friday, November 25

/ by Admin BHOLA THAPA
धादिङ, मंसिर ९,

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र जिल्ला विकास समिति धादिङको आर्थिक सहयोगमा सञ्चालित सोलार सहयोग कार्यक्रमबाट दक्षिणी धादिङको विकटमा रहेको धुषा गाउँविकास समितिको वडा नम्बर ४ दुङबाङको चेपाङबस्तीमा उज्यालोका लागि घरघरमा सोलार जडान गरिएपछि चेपाङ समुदायमा खुसियाली छाएको छ । बिजुली बत्ती बल्न अझै एक दशकभन्दा बढी समय कुर्नुपर्ने भएपछि गाउँमा उज्यालोका लागि सोलारको जडान गरिएकोले चेपाङ वस्तीमा खुसीयाली छाएको हो । विकटको बस्ती भए पनि दुङबाङका चेपाङ समुदायले आफ्नो गाउँलाई एक वर्षअघि नै खुला दिसामुक्त क्षेत्र घोषणा गरी नमुनाबस्तीका रुपमा चिनाउन सफल भएका छन् । खेतीयोग्य जमिनको अभावमा यहाँका अधिकांश चेपाङपरिवार वर्षको नौ महिना खाद्यान्न सङ्कटको सामना गर्न बाध्य छन् ।

समुदायको आर्थिकस्थिति ज्यादै न्यून रहे पनि समुदायमा देखिएको चेतनाका कारण दुङबाङ जिल्लाकै नमुना चेपाङ बस्तीका रुपमा विकास हुन थालेपछि जिल्ला विकास समितिले समुदायको माग अनुसार गाउँका सबै घरमा सोलार जडानका लागि आर्थिक सहयोग उपलब्ध गराएको जिल्ला विकास समितिका लेखा अधिकृत हेमराज पौडेलले जानकारी दिनुभयो । दुङबाङ गाउँबाट दुई घन्टाको दूरीमा रहेको अहिलेसम्मकै ठूलो तर प्रचारप्रसार हुन नसकेर ओझेलमा पर्दै आइरहेको नोहक गुफालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आफूहरु लागिपरेको दुङबाङका जयराम चेपाङले जानकारी दिनुभयो ।

वैकल्पिक ऊर्जाका रुपमा प्रयोग हँुदै आइरहेको सोलारको प्रयोग जिल्लाको ग्रामीण बस्तीहरुमा बढ्न थालेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको एक अभिलेखअनुसार धादिङ जिल्लामा करिब पाँच हजार घरपरिवारले आफ्नो घरमा सोलारको प्रयोग गर्ने गरेका छन् । केन्द्रद्वारा प्रकाशित एक तथ्याङ्कमा सन् २०१० को डिसेम्बरसम्ममा जिल्लाका चार हजार ५६५ घरपरिवारले सोलार प्लान्ट जडान गरिसकेका छन् । सन् २०११ को ६ महिनामा यो सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI