अनुप वावु श्रेष्ठ
गोरखा
मंसिर ९- २ बर्ष अघि गोरखा नगरपालिकाको खोलखोलेमा एम्वुलेन्स दुर्घटनामा परि स्थायी पुर्ण अशक्त हुनुभएकी गोरखा फुजेल ९ कि विष्णुकुमारी श्रेष्ठलाई एलआईसी ईन्सुरेनसले आज अशक्त भत्ताको चेक हस्तानतरण गरेको छ । फुजेलको बाटुकी निमावीको प्राङ्गणमा एक कार्यक्रमका बिच ईन्सुरेन्सले उहाँलाई २ बर्ष बरावरको ४० हजारको चेक हस्तान्तरण गरिएको र १० बर्ष सम्म बार्षिक २० हजारका दरले अशक्त भत्ता प्रदान गरिने एलआईसी गोरखा शाखाका एजेन्सी म्यानेजर शंकरबहादुर कुवरले बताउनुभयो ।
विद्यालय व्यवश्थापन समितीका सदस्य ईन्द्रमाया गुरुङ्गको अध्यक्षतामा आज भएको कार्यक्रममा विद्यलयका शिक्षकहरु तेजबहादुर पन्त र कृष्ण बहादुर परियार, ईन्सुरेन्सका ईन्द्रलाल देवकोटा, मिनबहादुर विक लगायतले मन्तव्य राख्नुभएको थियो । २ बर्ष अघि बुंकोटबाट विरामी लिएर पोखरा जादै गरेको एम्वुलेन्स खोलखोलेमा दुर्घटना हुदा घाईते हुनुभएकी विष्णुकुमारी उपचारको क्रममा ठिक नभएपछि पुर्ण रुपमा स्थायी अशक्त हुनुभएको छ ।