गोरखा
मंसिर ९ गोरखाको ताङ्गलिचोक गाविसलाई खुल्ला दिशामुक्त क्षेत्र घोषण र खानेपानी सरसफाई तथा स्वच्छता बनाउने उद्धेश्यले आज रणनितीक कार्यशाला सम्पन्न भएको छ । गाविस सचिव सुर्यबहादुर बरालको अध्यक्षतामा भएको कार्यशालको प्रमुख अतिथी नेपाल स्वास्थ्यको लागी पानी नेवा भरतपुरका क्षेत्रिय प्रवन्धक कुमार शिलवाल रहनुभएको थियो । कार्यशालमा गाविसका सचिव तथा खानेपानी सरसफाईतथा स्वच्छन्दताका संयोजक सुर्यबहादुर बरालले समग्र गाविसको बस्तुस्थिती सम्वन्धी प्रतिवेदन पेश गर्नुभयो ।
कार्यक्रममा समितीका सचिव श्याम प्रसाद लामीछानेले गाविसको वर्तमान अवश्था र भावी कार्यक्रम बारे प्रकाश पार्नुभयो । कार्यक्रममा समाजसेवी ओम बहादुर गुरुङ्ग, मिन प्रसाद अर्याल, शंकरराज पन्त, गुनबहादुर गुरुङ, एकिकृत नेकपा माओवादीका फत्त बहादुर गुरुङ, नेपाली कांग्रेसका दिप बहादुर गुरुङ र एमालेका गुञ्जमान श्रेष्ठले आफ्नो मन्तब्य राख्नुभएको थियो ।
सहभागीहरुले गाविसको ११ बुदे प्रतिवद्धता जारी गर्दै २०६९ साल जेठ १ गते भित्र १ घर १ पक्कि सौचालय निर्माण गरि गाविसलाई पुर्ण सरसफाई गाविस घोषणा गर्ने निर्णय गरेको छ । योजना तर्जुमा कार्यशालामा गाविस सचिव सुर्यप्रसाद बराल, संयोजन समिती सदस्य श्यामप्रसाद लामिछाने, एकिकृत माओवादीका फत्त बहादुर गुरुङ, नेपाली कांग्रेसका दिप बहादुर गुरुङ र एमालेका गुञ्जमान श्रेष्ठ सहितको ५ सदस्यिय योजना तर्जुमा समिती गठन गर्दै पक्की शौचालय रेहेको घर परिवारलाई पुस मसान्त भित्रमा परिचय पत्र दिने निर्णय गरेको छ ।