Responsive Ad Slot

latest

बाउन्स चेकले ठगिइन् गायिका दुरा

Thursday, November 24

/ by Admin BHOLA THAPA
सुमन बैरागी
काठमाडौं मंसिर ८ -चर्चित लोकगायिका विमाकुमारी दुरा कार्यक्रम संयोजकबाट ठगीएकी छिन् । कार्यक्रम गरेको चार महिना बित्न लाग्दा पनि उनले अहिलेसम्म पारिश्रमिक पाएकी छैनन् । पारिश्रमिक वापत त्यतिखेर कार्यक्रम संयोजकले दिएको चेक बाउन्स भएको गायिका दुराले बताइन् । बाउन्स चेक दिने कार्यक्रम संयोजक चिन्तामणि भने मोबाइल स्वीच अफ गरेर फरार छन् ।

गायिका दूरा गत भदौ ९ गते तिजको अवसर पारेर सुर्खेतको घन्टाघरपार्कमा उज्ज्वल कला परिवारको आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रममा गीत गाउन पुगेकी थिइन् । सो वापत गायिका विमा कुमारी दूरालाई गीत गाउनका लागि रु २० हजार पारिश्रमिकमा एग्रीमेन्ट गरिएको थियो तर कार्यक्रम सम्पन्न भएपछि रु १५ हजारको चेक थमाइएको थियो ।

कार्यक्रमको संयोजक चिन्तामणि शर्मा थिए भने उज्ज्वल कला परिवारका अध्यक्ष ललित भट्टराई हुन् । कार्यक्रमका लागि काठमाडौंबाट हेमन्त शर्मा, रिमा गुरुङ, विमा दुरा, कृष्ण कँडेल लगायतका कलाकार सुर्खेत पुगेका थिए । शर्माले कार्यक्रम सकेलगत्तै पैसाको सट्टा सबै कलाकारलाई कुमारी बैंकको चेक हस्तान्तरण गरेका थिए । तर गायिका दूरा आफ्नो नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा चिन्तामणि शर्माले कार्यक्रममा गीत गाएवापत दिएको रु १५ हजारको चेक राखेर फर्किए पनि पुनः ५ दिनपछि बैंकले उक्त चेकको खातामा पैसा नभएको भन्दै फिर्ता गरिदिएको थियो । चेक नसाटिएपछि गायिका दुराले शर्मालाई पटक पटक सम्पर्क गरिन्, तर शर्माले आफूले बैंक खातामा पैसा पठाइदिइसकेको गएर निकाल्नुस् भने पनि अहिलेसम्म उनको खातामा पैसा जम्मा भएको छैन ।

चिन्तामणि शर्माले प्रयोग गर्ने ९८४८०४०३२८ र ९७४८००२४०३ अहिलेसम्म स्वीच अफ गरिएको छ । विमा दूराले पैसाका बारेमा ललित भट्टराईसँग पटक पटक सम्पर्क गर्दा पनि चिन्तामणिले दिइसकेको भनेको छ भन्ने गर्छन् भने गायिका दुरालाई लिएर कार्यक्रममा पुगेका गायक कृष्ण कँडेल भने यस बारेमा सहयोग गरिदिनुप¥यो भन्दा आफूले केही गर्न नसक्ने भन्दै पछि हट्ने गर्छन् ।

तर कार्यक्रम संयोजक शर्माले आफूले सबै कलाकारहरुलाई पैसा दिइसकेको बताउँदै स्थानीय मिडियाहरुलाईसमेत धम्क्याउने गरेको स्रोतले बतायो । गायिका दूरा ठगिएपछि अहिले मिडियाहरुमा आफूलाई सुर्खेतको कार्यक्रम मात्र होइन धेरै कार्यक्रमहरुबाट पाउनुपर्ने पारिश्रमिक नदिइएको कारण सहयोग गरिदिनुप¥यो भन्दै धाउन थालेकी छिन् । बाउन्स चेक दिनु आफैंमा गैर कानुनी कार्य भएको बताउँदै गायिका दूरा बाउन्स चेक दिने चिन्तामणि शर्मा जस्ता आयोजकहरुलाई बैंकिङ कसुर अन्तर्गत लाग्ने प्रावधान भए पनि कारवाही गर्न नसकिएको बताउँछिन् । अहिलेसम्म चिन्तामणि जस्ता कलाकारलाई ठग्नेहरुलाई कारवाही गर्ने कि नगर्ने ? भन्ने विषयमा सम्बन्धित निकायहरु मौन बसिरहेको उनको आरोप छ ।

Don't Miss
© all rights reserved
made with by netKUTI