स्याङ्जा,
मंसिर ८- स्याङ्जाको वालिङ बजारमा रहेको मनकामना इलेक्ट्रोनिक पसलमा आगलागी भएको छ ।
ध्रुव खाँणले साचालन गर्दै आएको सो पसलमा आज बिहान ३:४५ बजे आगलागी भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । बिजुलीका सामान बेच्ने सो पसलमा विद्युत् सर्टका कारण आगलागी भएको बताइएको छ ।
आगलागी हुँदा करिब रु १५ लाख बराबरको सामान क्षति भएको प्रहरीले अनुमान गरेको छ । वडा प्रहरी कार्यालय र बजारवासीको पहलमा आगो निभाइएको हो । Pokharatoday