नारायण सापकोटा
चितवन, २३ कार्तिक- नारायणगढ–मुग्लिङ सडकखण्ड अन्र्तगत चितवनको दारेचोक–४ मा ट्रक , आज विहान त्रिशुुली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि एक जना बेपत्ता भएका छन भने दुईजना घाईते भएका छन । घटना स्थलमै मृत्यु भएका दुईजनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।घाईते भएका धनुषा महेन्द्रनगरका ५० वर्षिय उमेश्वर यादवको भने उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाईते चितवन कठार ९ का २४ वर्षिय सन्तोष सुनार र नवलपरासी दाउन्ने ५ का ४० वर्षिय जिवन विक भरतपुरमा उपचार भईरहेको छ । भैसी लिएर काठमाण्डौ आईरहेका ट्रक दारेचोक ४ बाट करिव एकसय ५० मिटर तल त्रिसुली नदीमा खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी १० ओटा भैसि मरेको प्रहरीले जनाएको छ । ट्रक पानीमा उत्रिएको अवस्थामा देखिएको छ ।