Responsive Ad Slot

latest

कार दुर्घटनामा दुई नेपालीको मृत्यु एक गम्भीर घाइते

Wednesday, November 9

/ by Admin BHOLA THAPA
दिनेश रेग्मी
दोहा (कतार), कार्तिक २२ - समुद्रि किनारस्थित उमसेद (होमसाईड)बाट राजधानी दोहा तर्फ आउँदै गर्दा आफैले चलाएको कार दुर्घटनामा सोमवार विहान २ नेपालीको मृत्यु भएको छ । एक नेपाली गम्भीर घाइते भएका छन् ।
Qutar

दुर्घटनामा माकर-४ बर्दघाट, नवलपरासीका अमित भण्डारी शर्मा, २९ र चितापल- ५, कुबरगाउँ, भक्तपुरका विनोद खत्री, ३२ मृत्यु भएको छ । डेलवाल कतार नामक एउटै कम्पनीमा कार्यरत शर्मा मार्केटिङ म्यानेजर र खत्री सिनियर मार्केटिङ एक्जुकेटिभ थिए ।

छुट्टै कम्पनीमा कार्यरत शर्माका एकै ठाउँमा साथी माकर-४ बर्दघाटका जनकबहादुर राउत, २७ गम्भीर घाइते भएका छन् । उनको हमाद अस्पतालमा उपचार भइरहेको छ । उमसेदमा कम्पनी म्यानेजरसँगको भेटपछि दोहा फर्किने क्रममा उमसेदबाट निस्केको केही बेरमै दुर्घटनामा परेको घाईते राउतलाई उदृत गर्दै कतारमै कार्यरत धनकुटा निवासी रकमध्वज राईले ईकान्तिपुर लाई बताए ।

बक्र ईदको छुट्टीको दोस्रो उज्यालो हुनुपुर्व उनीहरु दुर्घटनामा परेका थिए । दुर्घटनाका के कसरी भयो त्यसको विस्तृत जानकारी प्राप्त भएको छैन । राईका अनुसार दुर्घटना हुनासाथ कार चालक शर्मा सडकमा पुगेका थिए । खत्री कारमै च्यापिएका थिए । उनका साथीहरुले शर्माले चलाएको कारले ओभरटेक गर्दा अर्कोसंग ठोक्किएर दुर्घटना भएको जनाएका छन् ।

घाइते राउतले तत्काल कंपनीमा फोन गर्न सकेको र त्यसपछि बेहोस भएको मंगलवार घाइतेसँगको भेटपछि राईले बताए । पेट, छाती र ढाडमा चोट लागेका राउत अहिले बोल्न सक्ने अबस्थामा छन् ।

मृतकका साथीहरुबाट खबर पाएर हमाद अस्पताल पुगेका स्याङ्जा चापाकोटका रामु बस्यालका अनुसार शर्मा र खत्रीको घटनास्थलमै मृत्यु भएको थियो । अस्पतालको रिपोर्टमा उनीहरुको सोमवार विहान २ बजे मृत्यु भएको उल्लेख छ । उनीहरुको शब नेपाल पठाउन कम्पनीसँग कुरा भइरहेको उनले बताए । source:ekantipur.com
Don't Miss
© all rights reserved
made with by netKUTI