तनहुँ खबर संवाददाता
कपिलवस्तु
कपिलवस्तु
कार्तिक २३- कपिलवस्तुमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परि १ प्रहरी जवानको ज्यान गएको छ भने अर्का एक गम्भिर घाइते भएका छन । तौलिहबा लुम्बिनी सडकखण्ड अन्तर्गत बांसखोर ४ विमियामा भएको दुर्घटनामा परि पाल्पा चिदीपानीका ३६ वर्षीय प्रहरी हवल्दार कृष्ण तिमल्सिनाको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै मोटरसाइकलमा सवार अर्का प्रहरी हवल्दार टिकाराम चौधरी भने गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घाइते चौधरीको मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ ।