Responsive Ad Slot

latest

पत्रकार खत्रीको निधनप्रति ईएनजेएनद्वारा गहिरो दुःख व्यक्त

Wednesday, November 30

/ by Admin BHOLA THAPA
काठमाडौं
मंसिर १४-प्रवासी नेपाली पत्रकार सञ्जाल -इएनजेएन)द्वारा एक शोक विज्ञप्ति प्रकाशित गरी मोटर दुर्घटनामा परी निधन भएका पत्रकार एवं कारोबार दैनिकका समाचार सम्पादक विजयबाबु खत्रीको निधन प्रति गहिरो दुःख व्यक्त गरेको छ ।

सञ्जालद्वारा जारी शोक विज्ञप्तिमा अगाडि भनिएको छ कारोवार दैनिकका समाचार सम्पादक तथा लामों समयसम्म आर्थिक पत्रकारिताको क्षेत्रमा कलम चलाउदै आएका पत्रकार विजयबाबु खत्रीको नोभेम्बर २८, २०११ मा कार दुर्घटनामा परी मृत्यु भएको खबरले प्रवासी नेपाली पत्रकार सञ्जाल स्तब्ध भएको छ ।

वैदेशिक रोजगारी तथा गैर आवासीय नेपालीका गतिविधिहरुमा गहिरो दख्खल राख्ने युवा पत्रकार खत्रीको निधनले प्रवासी पत्रकारहरुले एउटा असल मित्र गुमाएको छ । यस दुःखद घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना गरेका छन । ।
Don't Miss
© all rights reserved
made with by netKUTI