काँकडभिट्टा,
मंसिर १५ - युवा संघका कार्यकर्ता नियन्त्रणको विरोधमा झापामा प्रदर्शन गरिएको छ ।
युवा संघ मेचीनगरको आयोजनामा गृहमन्त्रीको राजीनामा माग गर्दै काँकडभिट्टामा प्रदर्शन गरिएको छ । युवा संघका केन्द्रीय सदस्य राजु कार्कीको अगुवाईमा युवाहरुले नारा जुलुससहित पूर्व पश्चिम राजमार्गमा टायर वालेर अवरोध गरेका छन् ।
युवा स्वरोजगार कोÈको रकम दुरुपयोग भएको भन्दै कोÈको कार्यालय अनामनगरमा ज्ञापन पत्र वुझाउन गएका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा प्रदर्शन गरिएको युवा संघका मेचीनगर अध्यक्ष राजेश राउतले जानकारी दिए । source:eknatipur