सुवास लामिछाने, चितवन, मंसिर १४,
माओवादी लडाकुको वर्गीकरणको लागि खटिएको सेना समायोजन विशेष समिति अन्र्तगतको सचिवालयले ६० प्रतिशत लडाकुहरुले समायोजनमा जाने ईच्छा देखाएको जनाएको छ । चितवनको भरतपुरमा आज पत्रकार सम्मेलन गरि सचिवालयका संयोजक बालानन्द शर्माले हाल सम्म सम्पन्न ६ वटा शिविरहरुको वर्गीकरणबाट ६० प्रतिशतले समोयोजन तर्फ ईच्छा देखाएको जानकारी दिनुभएको छ ।sैलाली स्थित सातौ डिभिजन शिविरमा भने वर्गीकरण कार्य सकिएको छैन । शर्माले ४० प्रतिशत लडाकुले स्वैच्छिक अवकाश रोजेको जानकारी दिनुभयो । सरकारले दिएको तीन विकल्प मध्ये पुर्नस्थापन प्याकेज तर्फ भने लडाकुले ईच्छा नदेखाएको शर्माको भनाई छ ।
लडाकुहरुले स्वैच्छिक अवकाश र समायोजनको विकल्प रोजिसकेका कारण अब धेरै दिन अहिलेकै अबस्थामा राख्न नहुने धारण शर्माको छ । स्वैच्छिक अवकाश रोजी सकेका लडाकुहलाई शिविरमै राखी रहदा अनावश्यक झनझट आउन सक्ने उहाँको भनाई थियो ।उहाँका अनुसार सचिवालयले स्वैच्छिक अवकाश र समायोजनमा जान चाहेका लडाकुहरुको विषयमा स्पष्ट योजना तयार पारेर जतिसक्दो छिटो विशेष समितिलाई बुझाउने छ ।