काठमाडौ, मंसिर १४ - कुटनीतिक राहदानी बेचेको अभियोग लागेका मधेसी जनअधिकार फोरम नेपालका सभासद् शिवपुजन राय यादवलाई निलम्बन गरिएको छ ।
उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फौजादारी अभियोगमा मुद्दा दायर भएपछि सभासद् यादवलाई निलम्वन गरिएको हो ।
आयोगले सभासद् राय, अध्यागमनका ३ कर्मचारी र दुरुपयोगमा संलग्न ३ व्यक्तिविरुद्ध १ करोड ९८ लाख रुपैंया बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।
अभियुक्तहरुलाई २२/२२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको छ । उनी फोरमको तर्फबाट संविधानसभाको चुनावमा सर्लाहीको ६ नम्बर क्षेत्रबाट जितेका सभासद् हुन् । साभार : इकान्तिपुर