Responsive Ad Slot

latest

गोरखाको ग्रामीण क्षेत्रमा जाने सवारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरु मर्कामा ।

Friday, December 30

/ by srijana rana
गोरखा , पुस १५ गते ।

गोरखाको ग्रामीण क्षेत्रमा जाने सवारी साधन सञ्चालन हुन नसक्दा यात्रुहरु मर्कामा परेका छन् । जिल्लाको आरुघाट, घ्याम्पेसाल, भच्चेक, बारपाक लगायतका रुटमा जाने सवारी साधनहरुलाई गाउंमा जान पृथ्वी राजमार्ग यातायात व्यावसायी समितिले रोकेपछि यात्रुहरु अलपत्र परेका हुन् ।

नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघले गरेको निर्णय आफूहरुलाई मान्य हुने भनि पूर्व सहमति भएपनि महासंघले आज गरेको निर्णय आफूहरुलाई मान्य नहुने भन्दै पृथ्वी यातायातको गोरखा शाखाले ग्रामीण क्षेत्रमा गोरखा यातायातको सवारी जानलाई रोक लगाएको हो  । 

जिल्ला  प्रशासन कार्यालयले आफूहरुलाई असहयोग गरेको पृथ्वी राजमार्ग यातायात व्यवासायी समिति गोरखाका सदस्य राजन ढु्रंगानाले बताउनुभयो । हामीले पहिला राष्ट्रिय महासंघले गरेको निर्णय मान्ने भनेका हौं तर निर्णय आफ्नो पक्षमा नरहेकोले आफूहरुलाई मान्य नहुने ढुंगानाले बताउनुभयो ।

यातायात व्यावसायी समिति गोरखाका कोषाध्यक्ष नारायण खत्रीका अनुसार महासंघले गरेको निर्णय पृथ्वीले नमाने झडप हुन सक्ने बताउनुभयो । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद मैनालीको संयोजकत्वमा बनेको समितिले पृथ्वी यातायात र गोरखा यातायातको लागि ११ बुंद्धे निर्णय दुवै समितिले अक्षरस पालना गर्ने गरी पेश गरेको छ । 
Don't Miss
© all rights reserved
made with by netKUTI