काठमाण्डौ, १५ पुस गते ।
माओबादीको केन्द्रिय समिति बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष पं्रचण्ड र बरिष्ठ उपाध्यक्ष बैद्यले पेश गरेका छुट्टा छुट्टै प्रस्ताव माथि केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्ने क्रम आजपनि जारीरहेन छ ।
सदस्यहरुले धारणा राखेपछि अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बैद्यले आफ्ना प्रतिबेदनमाथि उव्जाइएका प्रश्नहरुको जबाफ दिनुहुने छ । अध्यक्ष प्रचण्डले शान्ति र संविधानको पक्षलाई समेटेर प्रतिबेदन पेश गर्नुभएको छ । उपध्यक्ष बैद्यले जनविद्रोहमा जोड दिनुभएको छ । सले गर्दा माओबादीमा अहिले प्रचण्ड र बैद्य गरी स्पष्ट २ धार देखा परेको छ । प्रतिबेदनमाथि धारणा राख्ने अधिकाम्स सदस्यहरु पनि दुई खेमामा विभाजित भएर प्रतिबेदमाथि छलफल गरिरहेका छन ।
प्रचण्ड पक्षधरका नेताहरुले बैद्यले स्पष्ट कार्ययोजना नल्याएको र प्रतिबेद जडसुत्रबादी भएको आरोप लगाएका छन । त्यसैगरी बैद्य पक्षका नेताहरुले भने प्रचण्डको प्रतिबेदन दक्षीणपन्थी भएको र आत्मसमर्पणबादी भएको आरोप लगाउदै आएका छन । जसले गर्दा माओबादीको बिबाद छताछुल्ल भएको छ ।
यसैविच माओवादीको केन्द्रिय समितिको बैठकमा भएको छलफलमा पाटीको अवस्था नाजुक भएकामा नेताहरुको ध्यानाकर्षण भएको भुमि सुधार मन्त्रि तथा माओवादी नेता भिम प्रसाद गौतमले बताउनुभएको छ ।
हामीसँगको कुराकानीमा नेता गौतमले माओवादीकै कारण शान्ति र संविधान निर्माण असर नपर्ने भनि तर्कपनि गर्नुभयो ।
पाटी भित्र आन्तरीक विवाद सामान्य भए पनि यसको समाधानका लागि दुवै पक्ष लागि परेको भन्दै उहाँले पाटी फुटि हाल्ने स्थिति नरहेको बताउनु भयो ।