काठमाण्डौ, १५ पुस गते ।
गुरुङ समूदायले नयाँ बर्षको स्वागत गदै आज तमु ल्होसार पर्ब मनाउदै छन । सम्पुर्ण गुरुङको साझा धारणा , तम्वुवान राज्य सहित शान्ति र समाबेशी संविधान हाम्रो चाहाना भन्ने नाराका साथ तमु ल्होसार मनाउन लागेका हुन ।

यो वर्ष गुरुङ जातिले बिरालो वर्ष बिदाइ गरेर गरुड वर्षका रूपमा स्वागत गर्दैछन् ।
आजको दिन मीठो खाने राम्रो लगाउन र मान्यजनबाट आर्शिबाद लिनुकासाथै साथीभाईसँग शुभ कामना आदान प्रदानपनि गरिन्छ ।

सरकारले तमु ल्होसारलाई राष्ट्रिय पर्बको मान्यता दिई आज सार्बजनिक विदापनि दिएको छ । ल्होसारका अबसरमा राष्ट्रपति डा. रामबरण यादब , प्रधानमन्त्री बाबुराम भट्टराई , नेपाली कांग्रेसका सभापति शुसिल कोइराला लगाएतका नेताहरुले शुभ कामना दिनुभएको छ ।