Responsive Ad Slot

latest

तनहुँको जामुनेमा बसको ठक्करबाट तीनको मृत्यु I

Friday, December 30

/ by Admin BHOLA THAPA
दमौली
तनहुँको जामुनेमा बिहीबार राती भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँको जामुने-३ माथिल्लो गुणादीमा पोखराबाट दमौली तर्फ आउँदै गरेको ना ४ ख ६११७ बसले बिहीबार साँझ स्थानीय ४ पैदलयात्रुलाई ठक्कर दिएको थियो ।  मृत्यु हुनेमा जामुने-३ माथिल्लो गुणादीका ४५ वर्षिय राजन रानाभाट २३ वर्षिय अनिल रानाभाट र ४२ बर्षिय राजन रानाभाट रहेको प्रहरीले जनाएको छ ।

राजनको उपचारका लागि पोखरा लैजाँदै गर्दा अनिलको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा र राजनको उपचारका लागि न्यूरो अस्पताल काठमाणडै लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते भएका १६ वर्षिैय अश्मित रानाभाटको पोखरामा उपचार भईरहेको छ ।
फरार बसका चालक शुक्रबार बिहान प्रहरीको सम्पर्कमा आएका छन् । घटनाका विषयलाई लिएर बिहीबार राती ९ बजेदेखी स्थानीय बासिन्दाले अबरुद्ध पारेको पृथ्वी राजमार्ग शुक्रबार बिहान ३ बजेबाट सुचारु भएको तनहुँका प्रहरी नायव उपरिक्षक गौतमराज कट्टेलले बताए ।&
Don't Miss
© all rights reserved
made with by netKUTI