काठमान्डौ
पुस १५ गते ।
बहिर्गमनमा परेका लडाकुहरुले आफ्ना मागहरु पुरा नभएको भन्दै आज मध्यपश्चिम क्षेत्र बन्दको आह्वान गरेका छन् । बन्दका कारण आज विहानै देखी दाङ, बाँके बर्दिया , सुर्खेत लगाएतका जिल्लामा बन्दको प्रभाव परेको छ ।
बन्दका कारण लामो तथा छोटो दुरीका सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् । बजार कलकारखाना समेत बन्द भएका छन् । बहिर्गमनमा परेका लडाँकुहरुले अयोग्यताको विल्ला खारेज गरिनुपर्ने, आर्थिक प्याकेज एकमुष्ट प्रदान गरिनुपर्ने लगाएतका माग राखेका छन् । उनिहरुले हिजो सुदुर पश्चिम बन्द गरेका थिए । एता सिन्डीकेट विबादका काराण गोर्खा यातायात व्यवसायी संघले आज गोर्खा बन्द गराएको छ । सिन्डीकेट विबाद हुदा पृथ्बी बस व्यवसायी समितिले आफ्ना कर्मचारी कुटपिट गरेको भन्दै गोर्खा व्यवासायीसंघले जिल्ला बन्द गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्हार लालबाबु यादबले समाचार संकलन गर्न गएका रेडियो सिमराका समाचार
सम्पादक सन्तोष देउजा र संवाददाता बिशाल गौतममाथी हातपात गरेको विरोधमा बन्द आह्वान गरेका हुन । सिमराका नेपाली कांग्रेस गाउ ईकाई कमिटीका उपाध्यक्ष श्यामबाबु गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि समाचार संकलन गर्न पुगेका देउजा र गौतमलाई रक्सी खाएका यादवले हातपात गरी संचार सामाग्री समेत तोडफोड गरेको पिडितले बताएका छन् ।