Responsive Ad Slot

latest

सवारी दुर्घटना, ३ को मृत्यु, १५ जना घाइते I

Saturday, December 3

/ by Admin BHOLA THAPA
 Iइलाम,
 मंसिर १७ -मेचि राजमार्ग अन्तर्गत इलाम कोल्बुङ्गको किटेनीमा भएको सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ । १५ जना यात्रु घाईते भएका छन । झापाबाट इलाम आउँदै गरेको बस र इलाम बाट झापा जाँदै गरेको सफारी एक आपसमा
ठोकीदा सफारि चालक कन्याम तारगाउँका राजन राईको मृत्यु भएको छ । मृत्यु हुने दुईजना यात्रुको भने सनाखत हुन नसकेको किटेनी प्रहरि चौकीका असई अर्जुन गुरुङ्गले जानकारी दिएकाछन । दुर्घटनामा परि घाईते भएका यात्रुको झापाको कन्काई अस्पतालमा उपचार भईरहेको छ ।
यसैगरी,
ललितपुरको एक पसलमा कसैले हत्या गरेको अवस्थामा एक कामदारको शव भेटिएको छ । पुल्चोक स्थित प्रहरी प्रभाग अगाडि रहेको गुण ज्यास पसलमा कार्यरत जुजु शाक्यको शव आज बिहान भेटिएको छ । पसल भित्र हात खुट्टा बाँधिएको अवस्थामा शाक्यको शव भेटिएको हो । थप अनुसान्धन भइरहेको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI