काठमान्डौ मंसिर १७
वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल खाद्य संस्थान भित्रको समस्यालाई तत्काल समाधान गरिने बताउनुभएको छ ।उहाँले खाद्य संस्थानलाई नयाँ ढङ्गबाट सञ्चालन गर्न छिट्टै नयाँ निर्णय हुन बताएका छन । नेपाल खाद्य सस्थानको ३७ आँै वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उहाँले संस्थानलाई आवश्यक पर्ने समक्ष र योग्य व्यक्ति चयन गरिने जानकारी दिएका छन ।
मन्त्री भट्टले दुर्गम क्षेत्रमा खाद्यान्न पु¥याउन संस्थानले पहिलो प्राथमिकता दिन निर्देशनसमेत दिए । यता नेपाल खाद्य संस्थान कर्मचारी सङ्घले संस्थानका महाप्रबन्धक हरिनारायण साहको राजीनामा माग गर्दै मंसिर ६ गतेदेखि महाप्रबन्धक साहलाई संस्थानको केन्द्रीय कार्यालयमा प्रवेश निषेध गर्दै कार्यकक्षमा समेत तालाबन्दी गर्दै आइरहेको छ ।