Responsive Ad Slot

latest

लडाकु समायोजनको संख्या बढाउन माओबादीद्धारा पहल सुरु I

Saturday, December 3

/ by Admin BHOLA THAPA
नारयण सापकोटा
काठमान्डौ मंसिर १७-लडाकु पुनबर्गीकरण, समायोजनमा जाने लडाकुहरुको संख्या र दलहरुबीच भएको सहमतिका बिषयमा प्रधानमन्त्री बाबुराम भट्टराई र माओबादी अध्यक्ष प्रचण्डबिच छलफल भएको छ । दुई नेताबीचको भेटमा प्रमुख दल र लोकतान्त्रिक मधेसी मोर्चाबीच साढे ६ हजार लडाकु समायोजन गर्ने सहमति भए पनि पुनवर्गीकरणको क्रममा समायोजनाको संख्या करिब १० हजारको संख्यामा पुगेपछि संख्या थपका लागी पहल सुरु गर्ने सहमति प्रधानमन्त्री र प्रचण्डबिच भएको नयाबजार स्रोतले जनाएको छ । यसका लागी प्रधानमन्त्री भटराईले आजै सत्तामा र प्रतिपक्षमा रहेका दलका नेताहरुसँग पनि छलफल गर्दे हुनुहुन्छ ।

प्रधानमन्त्री भट्टराई तथा उहाँको पाटी माओवादीले समायोजन गर्ने लडाकुको संख्या बारे भएको सहमतिलार्ई हेरफेर गर्नुपर्नेमा जोड दिए पनि काङ्ग्रेस, एमाले लगायतका दलहरुले भने पूर्व सहमति अनुसार नै माओवादी लडाकुलाई समायोजन गर्नुपर्नेमा जोड दिदै आएका छन् । छलफल प्रचण्ड निवास नयाँबजारमा भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI