Responsive Ad Slot

latest

बाग्लुङ गुम्बाबाट चोरिएको मूर्तिसहित दुई पक्राउ

Thursday, December 1

/ by Admin BHOLA THAPA
काठमाडौं,
मङ्सिर १५ - तेह्र किलो तौलको बुद्धमूर्तिसहित दुई जना पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल मुख्यालयबाट गएको विशेष टोलीले नवलपरासीको कावासोती जंगलबाट मूर्तिसहित भोजराज दर्जी र कान्छाराम योन्जनलाई पक्राउ गरेको हो।
बाग्लुङबाट हराएको प्राचीन बुद्ध मूर्तिको बेच्न एक समूहले क्रेता खोजिरहेको सूचनापछि मुख्यालयबाट डिएसपीको कमान्डमा सशस्त्र टोली खटिएको थियो। प्रहरीका अनुसार उनीहरूले सो मूर्तिको मूल्य एक करोडभन्दा बढी राखेका थिए।

मूर्ति खरीद गर्न लोकखोलाको जंगलमा बोलाएपछि ग्राहक बनेर गएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 'मूर्ति पुरै सुनको हो भन्ने आएको छ,' स्रोतले भन्यो, ...तर परीक्षण नगरी अहिले यसै हो भन्न सकिन्न।'

पक्राउ अभियुक्तहरूले सो मूर्ति बाग्लुङबाट ल्याएको र बेच्न ग्राहक खोजी गरिरहेको बयान दिएका छन्। तर मूर्ति कहाँको हो भन्ने उनीहरूले खुलाउन सकेका छैनन्।

गत वर्षको जेठ १० गते बाग्लुङको अधिकारीचौरस्थित छिन्ताङ गुम्बामा रहेको मुगा र बुद्धको मूर्ति चोरी भएको थियो। हतियारसहितको समूहले गुम्बामा रहेका भिक्षुको हत्या गरी बहुमूल्य मूर्ति चोरी गरेका थिए। बरामद मूर्ति सोही गुम्बाको हुने सक्ने अनुमान प्रहरीको छ।
(नागरिक)
Don't Miss
© all rights reserved
made with by netKUTI