काठमाडौँ,
मंसिर १५- आज डिसेम्बर १ तारिख अर्थात २४ औँ विश्व एड्स दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ ।
एड्स दिवसका अवसरमा स्वास्थ्य मन्त्रालय तथा एड्सको रोकथाम तथा जनचेतना अभिवृद्धिको क्षेत्रमा कार्यरत संघसंस्थाले राजधानीलगायत मुलुकभर विविध कार्यक्रम आयोजना गरेका छन् । यस वर्षको एड्स दिवसको नारा ‘एचआइभीको नयाँ संक्रमण, भेदभाव तथा एड्सका कारणले हुने मृत्युलाई शून्यमा पुर्याऔँ’, भन्ने तय गरिएको छ । असुरक्षित यौन सम्पर्कमा माध्यमबाट सर्ने यो रोगबाट विश्वभर लाखौं मानिस प्रभावित भएका छन् भने हजारौँको ज्यान गइसकेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३ करोड ४० लाख मानिस यो रोगबाट प्रभावित भएका छन् । नेपालमा हरेक वर्ष चारदेखि पाँच हजारको हाराहारीमा एड्स संक्रमतिहरुको ज्यान जाने गरेको छ । सरकारी पछिल्लोे सरकारी ततथ्याङ्कअनुसार नेपालमा हरेक दिन सरदर ६ जना मानिसमा एचआइभी एड्सको संक्रमण हुने गरेको छ । सन् २०१० को तथ्याङ्कअनुसार हाल देशभर ५५ हजार ६ सय २५ मानिस एचआइभी/एड्स प्रभावित छन् । तर, गत वर्ष ६७ हजार एड्स प्रभावित रहेको तथ्याङ्क बाहिर ल्याइएको थियो ।
जसमध्ये ४ हजार ९ सय ६ जनाको मृत्यु भए पनि बाँकी संख्या कहाँगयो भन्ने प्रश्नको जवाफ सरकारी अधिकारीसँग छै्रन । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका महानिर्देशक डा. रमेशकुमार खरेल संख्यामा घटबढ भइरहने दाबी गरे । तर, एकपटक शरीरमा एचआइभी/एड्सको संक्रमण भएपछि व्यवहारमा परिवर्तन र औषधिको सेवनबाट नियन्त्रण गर्न सकिए पनि पूर्ण निर्मूल हुन भने सक्दैन ।