हरी कृष्ण न्यौपाने(मंगफ)कुवेत,डिसेम्बर-०१-२०११,विश्वमै सबैभन्दा ठुलो पैसाको भाउ भएको देश अनी तेलको देशले परिचित कुवेत हाल नेपाली कामदारहरुको लागि राम्रो गन्तब्य मानिएको छ।कुवेतमा नेपाली दुताबासको स्थापना,कुवेतमा नेपालीकामदारहरुको बढ्दो माग र कुवेतमा कामदार पठाउन सजिलो पनि हुने भएका कारणहरुले पनि धेरै नेपालीहरु कुवेत आएका छन भने कती आउने तर्खरमा छन।बिशेष गरी ८०% नेपाली घरेलु महिला कामदारहरु(घरेलु नोकरानी-अरबिकमा खतामा)रहेको भनिएको कुवेतमा हालैका दिनमा आएर नेपाली,भारतीय,बंगालादेशी या कुनै पनि एजेन्टबाट आउने नेपाली कामदारहरु सिधै बेचिने गरेका घट्नाहरु बढीरहेका छन।
गत जुलाई-१२मा भारतीय नागरिक(गोवा)का महमद सालीम(मोबाइल नं६७७३२१४९)को कुवेतमा रहेको सुल्तान गामिन अल मुतरी मेनपावर एजेन्सीबाट मासिक ११० केडी(करिब नेपाली रुपैया२८६००)पारिश्रमिक पाउने र मुसलमान समुदायको पवित्र धार्मिक स्थल मस्दिज सफा गर्ने कामका लागि भनेर ल्याइएका दुई नेपाली कामदारहरु(काशिम खान-सुनसरी,कलैया र फकिर खान-सप्तरीलाई)कुवेतको मरुभुमीको ५० डिग्री तापक्रममा कुवेतको एयरपोर्टबाटै भेडा चराउने कामको लागि पठाइयो।रमजानको रोजा संगै छटपटाउदै नेपाली दुताबासको शरणमा पुगेका यि दुईको कथन थियो"एक लाख तिस हजार रुपैया तिरेर आएका हामीहरु मस्दिज सफा गर्न भनेर आएका थियौ,भेडा चराउन हैन।यि दुई कामदारहरु भन्छन"भारतिय एजेन्ट महमद सलिमले प्रती ब्यक्ती १५० केडी(नेपाली रुपैया करिब ३९०००)मा कुवेतिलाई बेचे पछी आफुहरु उ संगै गएको र मुस्लिमहरुको बिशेष पर्ब रमजान भएकोले निज कुवेतिले आफुहरुलाई झुटो नबोली कन तिमीहरुलाई मैले भेडा चराउन किनेको हुँ,अब साउदी जानु पर्छ भने पछी आफुहरु साउदी जाने क्रममा भागेर यहाँ आएका हौं।दिनमा रोजा राख्नु पर्छ,खाने बस्ने ठेगान छैन,एजेन्ट भारत गएकोछु भन्छ,केही दिनको लागि यहाँ नेपाली दाईहरुको शरणमा छौ,खोइ अब कसरी नेपाल फर्कने या यतै काम गर्ने बातावरण मिल्ला हामी सार्है चिन्तित भएका छौं।"जन प्रगतिशिल मन्च कुवेतका अध्यक्ष ध्रुब कुमार संग्रौला(कुमार झापाली)र मजदुर संघ कुवेतका अध्यक्ष टेन्टुप शेर्पाको सहयोगमा कुवेतमा गास-बास र नेपाल जानको लागि साथ-सहयोग पाएका उनिहरुको वास्तविकता हो यो।
यसै गरी गत जुन १९ तारिकका दिन काठमाण्डौ स्थित नेपाल ग्रिन ओभरसिजको पहलमा स्काइनर कन्सनटेन्सी प्रालीबाट श्रम स्विकृति बनाइ कुसादेबी २ काभ्रेका बर्ष २३ का सुमन घिमिरे र बर्ष २२ का ससिधर घिमिरे(दुई दाजुभाइ,काका-ठुलाबाका छोराहरु)लाई कुवेतको अल्जुफिना नामको कम्पनिमा लेवर काम भनी पचासि-पचासी हजार नेपाली रुपैयाँ लिएर खान बस्न सहित मासिक ६५ कुवेती दिनार अर्थात नेपाली बिस हजार रुपैयाँ पाइने सपना बाडी पठाइएको थियो|तर उनिहरुलाई झुक्याइएर कृषिको काम अनी भेडा र गाई चराउने काममा लागिएकोले नेपालमा संपर्क गरी घर फर्कने तयारी गर्दै गर्दा दाजु सुमनको मृत्यु भएको खबर नेपाली दुताबासमा लगेर भाईलाई सुनाइयो भने कुवेत आएको १ महिना नबित्दै संगै आएको दाजुको लाश लिएर जादै गरेका शशीधर घिमिरेले भने"एउटै शाहुकोमा भए पनि दाजु भाई संगै थिएनौ,सार्है गार्हो काम भएकोले फर्किएर घर जाने टिकटको ब्यबस्था गर्दा-गर्दै अकस्मात दाजुको मृत्युको खबर सहित उसको लाश लिएर म कसरी जाउ?"के गर्ने कुवेतको मरुभुमीले मेरो २३ बर्षिय दाजुलाई सिध्यायो।"दाजुभाइ संगै काम गर्ने र केही पैसा कामाउने सपना बोकेर कुवेत आएका घिमिरे दाजुभाइको वास्तविक अनी कारुणिक कथा हो यो।
यस्तै गरी केही समय पहिलामात्र कुवेतमा होटलमा काम गर्न भनी भारतमा रहेका नेपाली एजेन्ट र कुवेतमा रहेका भारतीय एजेन्ट मार्फत नेपाली १लाख २०हजार तिरेर आएका सिन्धुपाल्चोकका पासाङ लामा(सुरक्षाको हिसाबले नाम परिवर्तन)लाई पनि कुवेतको एयरपोर्टबाटै भेडा चराउने र कृषिमा काम गर्नको लागि भनेर कुवेतको मिनअब्दुल्ला नजिकैको मजरा(कृषि फर्म)मा पुर्याइेको छ।हाल उद्दारको लागि हार-गुहार गरिरहेका तमाङलाई पनि ४०० केडीमा स्थानिय कुवेतिलाई बेचिएको उनले टेलिफोनमा बताए।भक्कानिदै आफ्नो बिलौना पोखदै र दु:खका दिनहरुका बारेमा बताउदै जसरी हुन्छ आफ्नो उद्दार गर्नको लागि उनले यो स्तभकार मार्फत कुवेतमा रहेको नेपाली दुताबास र नेपाली समाजलाई अनुरोध गरेका छन।
यता आईए पढ्दा-पढ्डै बैबाहिक जीवनमा बाधिएर एक बच्चाको आमा बनेकी सिन्धुपाल्चोककी चेली नबिना तमाङ(सुरक्षाको हिसाबले नाम परिवर्तन)लाई सिन्धुपाल्चोककै स्थानिय महिला एजेन्टले कुवेतमा अफिसमा काम र आकर्षक पारिश्रमिकको लोभ देखाइ कुवेतीको घरमा घरेलु नोकरानीको रुपमा ४०० केडीमा बिक्री गरिएको छ।एक भारतीय या बंगालादेशी लाग्ने अब्दुल नाम गरेका एजेन्ट मार्फत कुवेत एयरपोर्टबाट सिधै कुवेतीको घरमा पुर्याइेकी नबिनालाई कुवेतीको घरमा पुगे पछी मात्र थाहा भयो कि आफु त घरेलु नोकरानीको रुपमा कुवेतीको घरमा बेचीएकी रहेछु। बिहान ८-बजे देखी राती १० बजे सम्म घरको सबै काम गर्नुपर्ने बास्तबिकतालाई भोग्दै आफुलाई कुवेत पठाउने आफ्नै जिल्लाबासी दिदीको कुवेत आगमनको पर्खाइ र उद्दारको पर्खाइमा रहेकी नबिना ति जिल्लाबासी एजेन्ट दिदीलाई सबै वास्तविकता बताइ आफुलाई जसरी हुन्छ घरबाट निकाल्न अनुरोध गरेको तर उनिबाट झुटो आश्वासन मात्र पाएकोमा दुखित छिन।"बरु कुटो-कोदालो र गाउ-बेसीनै जाती"भन्दै स्तभकार संगको टेलिफोन बार्तामा नबिनाले भनिन"आफ्नै मान्छे मार्फत आफ्नै मान्छे माथि यसरी धोका हुन्छ भन्ने मलाई के थाहा??अब कसरी स्वदेश फर्कौ?न फर्कौ त कामको चटारो अनी मासिक ४५-५० केडीको तलब??उनको वास्तविकता हो यो।
यि माथि उल्लेख गरिएका वास्तविक घटनाहरु त सार्वजनिक भएका घटनाहरु मात्र हुन।अझ कुवेतमा यस्ता धेरै दर्दनाक पिडाका घटनाहरुलाई लुकाइन्छ र सम्बन्धित ठाउँ सम्म(नेपाली दुताबास सम्म)पुग्न बाटै रोकिन्छ।चाहे नेपाली होस या बिदेशी,कुनै पनि एजेन्टबाट ढाटेर या छलेर या लोभ्याएर कुनै पनि नेपालीलाई कुवेतमा ल्याएर बिचल्लीमा पार्ने यि दोषीहरु माथि कारबाही कसले र कसरी गर्ने?सम्बन्धित निकाय, कुवेतको नेपाली समाजले सोच्नु पर्ने बेला आएको छ.... कुबेत नेपाल डट कम