Responsive Ad Slot

latest

देबघाट त्रिबेणी जलयात्रा सुरु, पर्यटन राज्यमन्त्रि मर्हजनको शुभकामना

Friday, December 2

/ by Admin BHOLA THAPA
चितवन,
मंसिर १६- धार्मिक पर्यटनको प्रर्बधन गर्नको लागी प्रसिद्ध तथा पबित्र धार्मिक तिर्थ स्थल देबघाटबाट नवलपरासीको त्रिबेणी सम्मको जलयात्रा सुरु गरीएको छ ।भोली सम्म हुने जलयात्रा आज चितबनकै गोलाघाटमा अन्तहुने र भेलिबिहान त्रिबेणीको लागी यात्रा तय गरीने भएको छ ।सो जल यात्रामा प्रमुख अतिथिको रुपमा पर्यटन राज्यमन्त्रि दिलिप मर्हजन रहनु भएको छ । मर्हजनले देबघाटमा रहेको उधानपार्कको बिकाशका लागी प्रतिबद्धता जनाउदै जलयात्रालाई शुभकामना समेत दिनु भएको छ ।नेपाल पर्यटन बर्ष २०११ जिल्ला समन्वय समिती चितबन ,जिल्ला बिकाश समिती चितबन ,भरतपुर नगरपालिका ,देबघाट क्षेत्र बिकाश समिती ,मेघौली पर्यटन बिकाश समिती चितबन ,उधोग बाणिज्य संघ नारायणगढ र देबघाट सप्तगण्डकि बिकाश तथा बाताबरणीय समिती देबघाट तनहुको आयोजनामा जलयात्रा सुरु गरीएको हो । सो अबसरमा देबघाट सप्तगण्डकि बिकाश तथा बाताबरणीय समिती देबघाटका अध्यक्ष टंक नाथ पौडेलले स्वागत मन्तब्य राख्नु राखेका थिए यात्रामा बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकार सहित ३३ जनाको सहभागीता रहेको छ भने ३ ओटा र्याफ्टिक रहेका छन ् ।

Don't Miss
© all rights reserved
made with by netKUTI