Responsive Ad Slot

latest

जेष्ठ नागरिक सेवाकेन्द्र दुलेगौडा झरौटा तनहुँको आयोजनामा सञ्चालन हुन लागेको श्रीमद्भागवत सप्ताह ज्ञान तथा धनधान्याचल महायज्ञ २०६८ को आज उद्घाटन हुदै

Friday, December 2

/ by Admin BHOLA THAPA

सृजना थापा मगर
दुलेगौडा मंसिर १६-वृद्धआश्रम निर्माणका लागी आज देखी २४ गते सम्म दुलेगौडाको झरौटामा महायज्ञ हुदैछ । सो महायज्ञ को उदघाटन नेपाली कागे्रस संसदिय दलका नेता रामचन्द्र पौडेलले अहिले केहिबेरमा गर्नु हुने छ । श्रद्धालु भक्तजन र पाहुनाहरुका लागी खैरेनिटार र दुलेगौडा वासीले आ आफ्नो घरअगाडि पुर्ण जलको घडा राखेर पुष्प गुच्छाले स्वागत गर्दै छन् । अहिले केहि बेरका कलस यात्रा पनि निकालीदै छ । कलस यात्रा यज्ञ स्थलबाट दुलेगौडाको गाछेपानी च्वानधाममा पुगी पुनः खैरेनिटार बजार परिक्रमा गर्ने आयोजकले जनाएको छ । यज्ञबाट उठेको रकमले आश्रम सहित यज्ञशाला ,गौशाला ,गुरुकुल निर्माण गरीने ,जेष्ठ नागरीकलाई आवास खानपान औषधि उपचारको व्यवस्था गर्ने आयोजकले लक्ष्य राखेको छ ।

त्यस्तै सनातन देखीका धर्म तथा धार्मिक संस्कारहरुको संरक्षण संर्वधन गर्ने जनचेतना अभिवृद्धी गर्ने , नेपालीहरुमा एकता सदभाव र प्रेम बढाइ मानव उपयोगी सामाजिक कार्य गर्न स्थानिय बासिन्दाहरु लागी परेका हुन । यज्ञबाट ५ करोड भन्दा बढी दान रकम संकलन हुने आयोजकले दावी गरेको छ । यज्ञमा संगितमय प्रवचनको लागी प्रमुख भागवत वाचक युवा पण्डित कमलनयन गौतमबाट गरिने भएको छ । यज्ञ सञ्चालन पुर्व नै दान रकम उठ्न थालेकोमा आयोजकहरु अझ उत्साहित भएका छन् ।

स्थानिय ब्यवसायि लेखनारायण श्रेष्ठले आफ्नो तर्फबाट ५० हजार दान रकम दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । यता बृद्धाबृद्धाहरुले आश्रममा आफ्नो लागी स्थान सुरक्षित गरिदिन अनुरोध गर्न थालिसकेको जेष्ठ नागरिक सेवाकेन्द्र दुलेगौडा झरौटाका अध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिएका छन । यज्ञलाइ थप आकर्षक बनाउँनका लागी राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा ख्याती प्राप्त वरिष्ठ लोक दोहोरी गायक प्रजापती पराजुली आदीद्धारा धार्मिक भजन र्कीतन र वरिष्ठ कलाकारहरुद्धारा झाकियुक्त विभीन्न लीला प्रदशन गरीने समेत बताईएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI