दिननाथ बराल
पोखरा, मंसिर १६-पोखराको चाईनापुलमा आज बिहान ९ः३० बजे ना ३ ख ४४०८ नम्बरको बसले एक वालललाई ठक्कर दिदा वाललको घटनास्थलमै मृत्यु भएको छ ।
बुद्धचोकबाट पृथ्बीचोकतर्फ आउदै गरेको बसले एक वालललाई चाईनापुलको सडकमा ठक्कर दिदा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक वालकको हालसम्म परिचय खुल्न सकेको छैन भने उनको शव पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको प्रहरी हवल्दार सुजन घिमिरेले बताउनु भयो । दुर्घटना पछि स्थानीय बासिहरुले सडकमा अबरुद्ध पुराए पछि पृथ्बीराजमार्गमा पर्ने चाईनापुल क्षेत्र अबरुद्ध भएको छ ।
यस अघि चाईनापुलक्षेत्रमा एक हप्ता अघि कारको ठक्करले एक युवकको मृत्यु भएको थियो ‘