नारयण सापकोटा
काठमान्डौ मंसिर १६-ब्यबस्थापिका संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका जहाजको समान चोर्नेलाई ७ दिन भित्र कारबाही गर्न पर्यटन तथा नागरीक उड्डयान मन्त्रालयलाई निर्देशन दिएको छ। निगममा भएको आर्थिक अनियमितताका सम्बन्धमा मन्त्री सहित उच्चपदस्थ अधिकारीसंग जानकारी लिएपछि समितीले सो निर्देशन दिएको हो ।।
बैठकमा पर्यटन तथा नागरकि उड्डयन मन्त्री लोकेन्द्र बिष्ट मगरले वायू सेवा निगमका विषयमा छानबिन समिति गठन गरेर छानबिन प्रक्रिया अगाडी बढाइरहेको जनाकारी दिनुभएको छ ।विमानका पाटपुर्जा हराएकाबारे निगमका कर्मचारीले अनबिज्ञता जनाएकाले त्यसको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान बिभागलाई गृहमन्त्रालय पठाइसकेको बताउनुभयो।बैठकमासभासदहरुले निगमका विषयमा प्रश्न प्रश्न गरेका छन् । वायुसेवा निगमसँग रहेका दुईवटा विमानका गियर बक्स र पाङ्ग्रा चोरी भएको थियो ।