नारयण सापकोटा
चितबन मंसिर १६-जिल्ला प्रहरी कार्यालय चितवनले विभिन्न मुद्धामा पक्राउ परेका १९ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । कार्यालय परिसरमा आज विहान पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गरिएको हो । गत भदौ १० गते कविलास–५ केराबारीमा भएको सञ्जय तामाङको गोली हानी हत्याको आरोपी भरतपुर नगरपालिका वडा नम्बर ९ गोन्द्राङका २५ वर्षिय कान्छी भन्ने यम बहादुर कार्की र वडा नम्बर १२ अस्थाचोकका २५ वर्षिय कानकुहिए भनिने अनिल परियारलाई समेत पक्राउ गरेर सार्वजनिक गरिएको छ ।
कार्की र परियारसंगै तामाङ हत्याकाण्डका आरोपी ७ जना पक्राउ परेका छन् । यस अघि समातिएका ५ जनालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि कारागार चलान गरि सकेको छ । यस्तै भदौ २१ गते पूर्वी चितवनको रत्ननगर–७ टिकौली जंगल स्थित सडकमा युवा संघ नेपालका सचिवालय सदस्य एवं अधिवक्ता कमलराज पाठकलाई खुकुरी हानेर घाईते बनाई फरार भएका काठमाण्डौ मनबैजु गाविस ९ का २९ वर्षिय संजिव शाहलाई पनि सार्वजनिक गरिएको छ । उनलाई घटनमा संलग्न अर्का अभियुक्त प्रदीप भट्टको सहयोगमा काठमाण्डौमा पक्राउ गरेको प्रहरीले बताएको छ ।
यस्तै कर्तव्य ज्यान मुद्धाका ७ जना, अपरहण तथा बन्धक मुद्धाका ७ जना र अमेरिकन डलर ५ सय ५७ सहित २ जनालाई पनि सार्वजनिक गरिएको छ ।
यसैबिच
अपहरण गरि फरौती माग गरेको अभियोगमा दाङ प्रहरीले एक व्यक्ती लाई
पक्राउ गरेको छ ।दाङ बाघमारे निवासी हेकुली ग्रामीण बिकास बैंकमा कार्यरत बैंकका एकाउन्टेन भुपती पाण्डेलाई अपहरण गरी ३० हजार फिरौतीको माग गर्ने ३ जनाको एक समुह मध्य प्रहरीले दिपक चौधरीलाई बाघमारे जंगल बाट पक्राउ गरेको हो ।बैकंबाट घर तर्फ फर्कन लागेका पाण्डेलार्ई अपहरणकारीले फिरौतीको माग गर्दै बाटो बाटै अपहरण गरी बाघमारे जंगलमा पु¥याएका थिए ।
अपहरण गरेको केही घण्टा पछी बिशेष सुराकीको आधारमा हेकुली प्रहरीले पाण्डेलाई अपहरण मुक्त गराउन सफल भएको थियो भने चौधरीलाई पक्राउ
गरेको थियो । अपहरणकारी मध्य २ जना भने फराहर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देवीप्रसाद पौडेलले जानकारी दिएका छन ।