चितवन,
मंसिर १६-चितबनका प्रमुख शहरको मुख्य मुख्य स्थानमा अब्यबस्थित रुपमा राखिएका होडिङ्गबोर्डहरुले भरतपुर र रत्ननगर नगरपालिका अस्तब्यस्त बन्दै गएको छ ।चितबनमा रहेका दुबै नगरपालिकाको शहरी क्षेत्रमा जथाभाबि होडिङ्गबोर्ड राख्ने लहर चलेपछि नगरपालिका क्षेत्र कुरुप बन्दै गएका छन् ।कुनै पनि सार्बजनिक स्थान बा सडकको छेउमा धुम्रपान तथा मध्यपान ,लागु पदार्थको बिज्ञापन गर्ने उद्धेश्यले होडिङ्गबोर्ड राख्न नपाउने सरकारी नियम भएपनि त्यो नियमको कसैले ख्याल नगर्दा प्रमुख शहर र चितबनको सौन्र्दयता गुम्दै गएको छ ।
अहिले भरतपुर नगरपालिका क्षेत्र भित्र अबैधानिक रुपमा समेत होडिङ्गबोर्डहरु राखिएका छन् ।भरतपुर नगरपालिकाले होडिङ्गबोर्डको ब्यबस्थापन गर्न नसके पछि त्यसको जिम्मा निजि क्षेत्रलाई दिएको छ । होडिङ्गबोर्ड राखे बापतको पैसा उठाउन धौ धौ भए पछि निजि क्षेत्रलाई ब्यबस्थापन सुम्पिएको भरतपुर नगरपालिकाले अहिले पैसा त सजिलै उठाएको छ तर शहर कुरुप बन्दै गएकोमा भने निर्लज्य हेरीरहेको छ । ३ बर्षको लागी निजि क्षेत्रलाईलाई होडिङ्गबोर्डको जिम्मा ले ,अझै कुरुप बनाउदै जाने हो ,चितबनलाई यो भने हेर्न बाकी नै छ ।तर यसरी शहरलाई नै कुरुप बनाउने गरी राखिएका होडिङ्गबोर्डको ब्यबस्थापनमा संबन्धित पक्षको ध्यान समयमानै जानु जरुरी देखिन्छ ।