विमल खतिवडा,
पर्वत, मंसिर १७ - पर्वतको तिलाहार गाविसको बेतनीमा शनिवार बिहान दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । अन्य तीन घाइते भएका छन । पर्वतको कुश्माबाट पोखरातर्फ जादै गरेको ग ३ प ८३५६ नम्बरको मोटरसाईल र पोखरावाट पर्वततर्फ आउ“दै गरेको ग ३ प ९१४२ नम्बरको मोटरसाईकल आपसमा ठक्कर खाँदा म्याग्दी घतान गाविस ९ की २१ बर्षिया नविना चोखालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
निलगिरी विकास बैंकमा कार्यरत चोखालको घट्नास्थलमै मृत्यु भएको हो । घाईते हुनेहरुमा बागलुङका सुनिल केसी र पर्वतको तिलाहार गाविसका देबबहाखुर बस्नेत छन् । अर्का एक घाईतेको नाम खुल्न सकेको छैन । गम्भिर घाईते तीन जनालाई उपचारका लागि पोखरा पठाईएको प्रहरीले जनाएको छ । kantipur