Responsive Ad Slot

latest

अन्तरमुखीकरण तालिम सम्पन्न

Monday, December 26

/ by srijana rana
सृजना राना
पुस ११, तनहुँ
अन्तरमुखीकरण तालिम सम्पन्न
नेशनल प्याबसन तनहुँमा आबद्ध विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरुलाई आइतबार कर तथा कम्पनी ऐन सम्बन्धी एक दिने अन्तरमुखीकरण तालिम सम्पन्न भएको छ ।
एन प्याबसनका केन्द्रिय सदस्य तिलक बहादुर चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न तालिममा चौहानले विद्यालयका संस्थापक र प्रिन्सिपललाई कर र कम्पनी ऐन सम्बन्धी अभीमुखीकरणले विद्यालयले झेल्नु पर्ने व्यवस्थापकीय पक्षलाई सुधार ल्याउने बताए । एन प्याबसन तनहुँका अध्यक्ष सहदेव अधिकारीको अध्यक्षतामा सम्पन्नमा तालिममा अधिवक्ता दिपकराज ओझा, अधिवक्ता रमेश दवाडी, लेखापरिक्षक विष्णु प्रसाद खनालले प्रशिक्षण दिएका थिए । संस्थाका उपाध्यक्ष रणसिंह नेपालीले तालिमका सहभागीलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सचिव दिपेश निरौलाले गरेका थिए ।

Don't Miss
© all rights reserved
made with by netKUTI