सृजना राना
पुस ११, तनहुँ
नेकपा एमाले मिलुङ्ग गाउँ कमिटीको आयोजनामा अगुवा कार्यकर्ता तथा यूवा भेला हिजो सम्पन्न भयो । नेकपा एमाले मिलुङ्ग गाउ कमिटी परशुराम गिरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेकपा एमाले राष्ट्रिय प्रतिनीधि परीषद सदस्य एक बहादुर राना ,जिल्ला सचिव विद्यानाथ ढकाल र जिल्ला कमिटी सदस्य हरेराम थापा लगायतले सहभागी सबैलाई प्रशिक्षण दिनुभयको थियो ।
यूवा संघ नेपाल ८औ जिल्ला सम्मेलन आयोजक कमिटी सह संयोजक राज कुमार श्रेष्ठ बि.बी ले शुभकामना मन्तव्य व्यक्त गर्नू भयको थियो । सो भेलाले मदन थापामगरको अध्यक्षतामा ३३ सदस्यीय यूवासंघ नेपाल मिलुङ्ग गाउँ कमिटी समेत गठन गरेको छ । नव गठीत कमिटीलाई यूवासघं जिल्ला सचिव इमान थापाले शपथ ग्रहण गराउनु भएको थियो ।