नारायण सापकोटा
चितबन पुस ११ गते ।
भरतपुर नगरपालिकाको बिटक बार्ड मध्येमा पर्ने ८ नम्बर वार्डको केन्द्रिय बस ट्रमिनल देखि गौरीगंज पिपलचोक सम्मको रुटमा नगरबस संचालनमा आएपछि स्थानियबासी खुसी भएका छन् । सो रुटमा नारायणी यातयात ब्याबसायी संघद्धारा संचालित चितबन माईक्रो तथा मिनी बस ब्यबसायी समितीले सोतो म्याजिक केही दिन अगाडीबाट संचालनमा ल्याएको हो ।
यातयात संचालनमा आए संगै स्थानिय बासी खुसी भएको र बिकाश तर्फ गांउ अगाडी बढेको स्थानिय शिक्षक तथा दिपशिखा टोल सुधार समितीका अध्यक्ष भुमिराज तिवारीले बताउनु भयो । तिवारीले सो रुटमा सवारी साधन संचालन हुदा स्थानि बासिन्दाले उत्पादन गरेको कृषी उपजलाई सहर सम्म सजिलै पुर्याउन सफ हुने पनि बिश्वास ब्यक्त गर्नु भयो । सोहि क्षेत्रबाट समयमा नै भरतपुरमा रहेको आफ्नो अफिस पुग्नु पर्नेहरु पनि सबारी संधान संचालन संगसंगै उसाहित भएको एक स्थानि कर्मचारी गगांधर सापकोटाको भनाई छ ।
त्यस्तै सो क्षेत्रबाट भरतपुका कलेजमा अध्ययन गर्न आउने बिद्यार्थीहरु पनि खुसी भएका छन् ।आफ्नो सबारी साधन नहुने र बिहानै कलेज पुग्नु पर्ने बिद्यार्थीहरुमा समेत खुसी छाएको स्थानिय बिद्यार्थी खेम प्रसाद तिवारीले बताउनु भयो ।
यता सबारी चलकहरुले पनि ग्रमिण रुटमा सबारी संचालन गरेर गांउको बिकाशमा थेरै भए पनि सहयोग गर्न पाएकोमा आफुहरु पनि खुसि भएको बताउछन् । सबारी साधन संचालन हुदा गाउ बिकाशमा केही मात्रामा भए पनि सहयोग हुने हुदा सधैका लागी सबारी संचालन गर्ने बताबरण सिर्जना गरीदिन चालकहरुले स्थानियबासी संग अनुरोध समेत गरेका छन्