बुधबल तमू / बिल तमू
डिसेम्बर २५, दोहा-कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको आयोजनामा यस वर्षको ल्होछार र वनभोज कार्यक्रम आउने जनवरी ६ तारिख शुक्रवारका दिन कतारको अल समाल गार्डेनमा सम्पन्न हुन गईरहेको समाचार छ । तमूहरुको महान पर्व ल्होछारलाई भव्यताका साथ सम्पन्न गर्नको लागि जगन तमूको संयोजकत्वमा मुप्री ल्होछार मिलन समारोह तथा वनभोज कार्यक्रम मुल आयोजक समिति गठन गरि आवश्यक तयारी गरि रहेको एक समाचारमा जनाईएको छ ।

यस वर्षको पर्वलाई विशेष बनाउन विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी दिदै आवश्यक कार्यक्रम तय गरिएको छ । समितिका संयोजक जगन तमूले दिनु भएको जनकारी अनुसार ल्होछार पर्व संगै कतारवासी तमू दाजुभाई तथा दिदीबहिनीहरु विच खादै गरिएको स्यों कैं (वनभोज) कार्यक्रम पनि आयोजना गरिएको छ । विगतका वर्षहरुमा ल्होछार पर्व र वनभोज कार्यक्रम छुट्टा छुट्टै आयोजना गरिदै आएका थियौ तर प्रवासको बसाई, व्यस्त जीवन सैली ईत्यादिका कारण यस वर्ष यि दुवै कार्यक्रमलाई एकै दिन आयोजना गरिएको संयोजक तमूले बताए ।
ल्होछारको अवसरमा तमू सांस्कृतिक परिवारको संयोजनमा सांस्कृतिक कार्यक्रमको आवस्यक तयारी भई रहेको छ । त्यसै गरि खेलकुद समितिको संयोजनमा तमूहरुको परम्परागत छेलो फल्ने र विभिन्न मनोरञ्जनात्मक खेलहरुको तयारी गरिएको छ । विगतका वर्षहरुमा झैं यस वर्ष पनि छेलो फालेर तमू राजा (मु्र) छान्ने आकर्षक कार्यक्रमलाई पनि यसैमा जोडिएको छ । यसका अलावा कार्यक्रममा सहभागिहरुलाई सहभागि गराउने विभिन्न खेलहरुको पनि आयोजना गरिने बताईएको छ ।
कार्यक्रममा धेरैभन्दा धेरै कतारवासी तमूहरुको सहभागिता गराउन कतारका विभिन्न क्षेत्रमा सम्पर्क व्यक्तिहरु चयन गरिएको छ । अल समाल गार्डेन कतारको सहरी क्षेत्रबाट निकै टाढा पर्ने भएकोले कार्यक्रम स्थलसम्म जान र आउनको लागि बसको व्यवस्था गरिएको छ । आफनो मौलिक पर्वमा आफनो पहिचान दिने आफनै तमू भेष भुषामा उपस्थित हुन पनि कतारवासी तमू दाजुभाई र दिदीबहिनीहरुलाई आयोजकको तर्फबाट संयोजक जगन तमूले आग्रह गरेका छन् ।
नया“ कार्यसमितिको सपथ ग्रहण तथा कार्यभार हस्तान्तरणः
तमू बौद्ध सेवा समिति कतारको परम्परा अनुसार नया“ कार्यसमितिले सपथ ग्रहण तथा कार्यभार हस्तान्तरण पनि यसै ल्होछार कार्यक्रमको अवसरमा गरिन्छ । यसो गर्नुको मुख्य उद्देश्य भनेको नया“ कार्यसमितिलाई सम्पुर्ण तमूहरु विच परिचय गराउन र महान पर्वको पवित्र दिनदेखि कार्य प्रारम्भ गराउनु नै हो । स्मरण रहोस आगामी २ वर्षे कार्यकालको लागि गत १६ डिसेम्बरका दिन बिमल तमूको अध्यक्षतामा नया“ कार्यसमिति निर्वाचित भएको छ । त्यसै गरि समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समितिको नया“ नेतृत्वमा क्रमशः टकप्रसाद तमू र बुद्ध तमू निर्वाचित भएका छन् ।