पर्वत
पुस ११ गते ।
पर्वत जिल्लाका ५ गाविसका अपागंता भएका व्यक्तिहरुलाई अपागंता परिचयपत्र वितरण गरिएको छ । पर्वत जिल्लाको कार्कीनेटा गाविस स्थित अन्नपुर्ण उच्च माविमा महिला तथा बालबालिका विकाश कार्यालय पर्वत, अपागं सञ्जाल र अपागं उत्थान समाजको संयुक्त आयोजनामा भगंरा, शकंरपोखरी थापाठाना, खौला र कार्कीनेटा गाविसका गरी कुल ५४ जना अपागंता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको हो । अपागंता भएका व्यक्तिहरुलाइ अधिकार लिन सजिलो होस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको अपागं सञ्जाल पर्वतका अध्यक्ष यज्ञ पौडेलले जानकारी दिनुभएको छ ।