Responsive Ad Slot

latest

शैक्षिक सस्था बन्दका कारण ८१ हजार विद्यार्थीको पढाइ ठप्प I

Monday, December 26

/ by Admin BHOLA THAPA

बागलुङ
पुस ११ गते ।
बागलुङ कुश्मीसेराका शिक्षक भक्तबहादुर क्षेत्री मृत भेटिएपछि घटनाको छानविन गर्न माग गर्दै शिक्षक संघसंगठनले बागलुङमा शैक्षिक सस्था बन्द गराएका छन । शैक्षिक सस्था बन्दका कारण ८१ हजार बिद्यार्थीको पठनपाठन ठप्प बनेको छ । बन्दका कारण जिल्लामा ५१ सरकारी र ७ ओटा नीजि उच्च मावि तहमा सञ्चालन हुने बिहानी कक्षाको पढाई समेत प्रभावित भएको छ ।

क्षेत्रीको शव फेला परेपछि हत्याको भएको हुन सक्ने भन्दै घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै नेपाल शिक्षक युनियन बागलुङ, नेपाल शिक्षक संघ बागलुङ, नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ, नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियन बागलुङले आज शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् । राङखानी उच्च माविमा अध्यापन गराउँदै आउनुभएका क्षेत्रीको शव हिजो बिहान फेला परेको थियो ।

Don't Miss
© all rights reserved
made with by netKUTI