Responsive Ad Slot

latest

प्रमुख तीन दलको बैठक आज दिउँसो ३ बजेपछि सिंहदरवारमा बस्दै I

Monday, December 26

/ by Admin BHOLA THAPA
काठमान्डौ पुस ११ गते ।
शान्ति र संविधानको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक आज दिउँसो ३ बजेपछि सिंहदरवारमा बस्दैछ । बैठकमा शान्ति र संविधानको काम अघि बढाउने बारेमा छलफल हुनेछ । नेपाली सेनामा मधेसी युवाको सामूहिक प्रवेश, माओवादी लडाकु समायोजन, संविधानका विवादित बुँदामा सहमति जुटाउनेक्रममा देखिएको समस्या बारेमा छलफल गरी सहमतिमा पुग्न प्रधानमन्त्री डा बाबुराम भट्टराईले माओवादी, काङ्ग्रेस, एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि बैठकका लागि बोलाउनुभएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देबेन्द्र पौडेलले दलहरुबीचको छलफलबाट सहमति गरेर संविधान, शान्ति र नेपाली सेनामा मधेसी समुदायको सहभागिताको प्रक्रिया अघि बढाइने सीआईएनलाई जानकारी दिनुभयो । पछिल्लो समयमा माओवादी लडाकु समायोजनको काम स्थीर अवस्थामा छ भने सरकारले मधेसी युवालाई सामूहिक रुपमा नेपाली सेनामा प्रवेश गराउन थालेको भन्दै सरकारभित्र र बाहिरका दलहरुले असन्तुष्टि जनाउँदै आएका छन् । त्यस्तै माओवादी उपाध्यक्ष मोहन बैद्य समूहको विरोधका कारण विवाद समाधान उपसमितिले गरेका सहमति पनि संबैधानिक समितिले अनुमोदन गर्न सकेको छैन ।
Don't Miss
© all rights reserved
made with by netKUTI