Responsive Ad Slot

latest

सामुदायिक अस्पतालले स्वास्थ्य बिमा गराउने ।।

Friday, December 30

/ by srijana rana

सृजना राना


लमजुङ, पुस १५ गते




जिल्ला सामुदायिक अस्पताल लमजुङले जिल्लाबासीका लागि स्वास्थ्य विमा गराउने भएको छ । यसका लागि प्रारम्भिक अध्ययन पुरा भैसकेको र आगामी मार्च महिनाभित्रमा प्रकृया थाल्ने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक युवराज आयार्चले स्वास्थ्य बिमा गराउने सबै अध्ययनको काम पुरा भैसकेको बताउँदै अब मार्च भित्रमा प्रकृया अघि बताउनुभयो । अस्पतालले व्यक्तिगत र पारिवारिक दुवै किसिमको विमा गराउने जनाएको छ । वार्षिक रुपमा एकपटक बीमा गराउँदा वर्षभर जस्तो सुकै बिरामी भएपनि अस्पतालले निशुल्क उपचार गराउनेछ । बीमा गराउन अध्ययन अनुसन्धानको काममा अस्पताललाई कोरियाको कोइका नामक संस्थाले सघाउँदै आएको छ । सरकारले विगत केही समयता विपी कोइराला मेमोरियल अस्पताल धरानलगायतका स्थानमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेपनि प्रभावकारी भने हुन सकिरहेको छैन ।


Don't Miss
© all rights reserved
made with by netKUTI