Responsive Ad Slot

latest

कतारको अलखोर स्थित फोर भ्यु नामक कम्पनीमा नेपाली श्रमिकद्धारा हड्ताल I

Tuesday, December 27

/ by Admin BHOLA THAPA
रवि रोषी
कतारको अलखोरमा रहेको फोर भ्यु नामक कम्पनीमा नेपाली श्रमिकहरुले तलव बृद्धिको माग गर्दै कामकाज ठप्प पारेको खबर प्राप्त भएको छ । उक्त कम्पनीमा कार्यरत १३० जना नेपाली कामदारहरुले तलब बृद्धिको माग गर्दै कामकाज बन्द गरेको कुरा खुल्न आएको हो । नेपाली दुतावास दोहा कतारले नेपाली कामदारहरुको न्युनतम मासिक बेतन ६०० रियाल जोड २०० रियाल गरी ८०० र सीप प्राप्त श्रमिकहरुको ८०० जोड २०० तय गरेको हो । जसलाई कतारको सरकार र नेपाल सरकारले पनि सो तलब बृद्धि योजना महंगीको आधारमा जायज ठानी स्वीकार गरिसकेको छ ।

तर सो कम्पनीमा काम गर्ने नेपाली कामदारहरुले अदक्ष कामदारको तलब ८०० जोड २०० र शीप जानेका कामदारको १००० जोड २०० हुनुपर्ने भनी आफ्नो तलब दर आफैँले तोकेर कम्पनी समक्ष माग राखी हड्ताल गरेका छन् । नेपाली दुतावास दोहाका महामहिम राजदुत डा. सुर्यनाथ मिश्रको भनाईमा कतारको कानूनमा बन्द हड्ताल गर्नु गैरकानूनी भएको र त्यसमा पनि असुहाउँदो तलब बृद्धि दर आफैँले तोकेर माग राख्नु गलत हो उनले प्रष्ट्याए ।
Don't Miss
© all rights reserved
made with by netKUTI