Responsive Ad Slot

latest

जेठ १४ भित्र संविधान बन्ने प्रधानमन्त्री भट्टराईको दाबी I

Wednesday, December 28

/ by Admin BHOLA THAPA


पोखरा पुस १३ गते ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आउने जेठ १४ गतेभित्र नयाँ संविधान बन्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री भट्टराईले आगामी जेठ १४ भित्र संविधान बन्ने र शान्ति प्रक्रिया निष्कर्षमा पुग्नेमा ढुक्क हुन आग्रह गर्नुभएको हो । तीन वर्षदेखि अzवरुद्व शान्ति र संविधान निर्माणको गति अहिले अघि बढेको दावी गर्दै प्रधानमन्त्री भट्टराईले संविधान निर्माणमा भएको ब्रेक थ्रुका कारण पनि अब मुलुकले निकास पाउने बताउनुभयो । जनताले सरकार सुस्ताएको अनुभव गरे पनि अब केही दिनमै यसले गति लिने पनि प्रधानमन्त्रीले बताउनुभयो ।


आज पोखरामा आयोजित पोखरा पत्रकारिता पुरस्कार सम्मान समारोहमा प्रधानमन्त्री भट्टराईले सरकारले आगामी केही दिनभित्रै सुसाशन र आर्थिक सम्वृद्विको योजना ल्याउने जानकारी दिनुभयो । पञ्चायतकालीन ४० को दशकमा आफू पनि पत्रकारितामा रहेको स्मरण गर्दै भट्टराईले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वरिष्ठ पत्रकार माधव शर्मालाई पोखरा पत्रकारिता पुरस्कार २०६६ बाट सम्मानित गरिएको थियो । प्रत्येक दुई दुई वर्षमा नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने पुरस्कार शर्मालाई प्रधानमन्त्री भट्टराईले प्रदान गर्नुभएको हो । कार्यक्रममा शर्माले ०४२ सालतिर छानविन पत्रिकामा डा. बाबुराम भट्टराईसँगै सहकार्य गरेको स्मरण गर्दै अहिले डा. भट्टराईबाट नै सम्मान ग्रहण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI