Responsive Ad Slot

latest

वीरगन्जमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, नेक्सो २०११ आज छैठौ दिन पनि जारी I

Wednesday, December 28

/ by Admin BHOLA THAPA
वीरगञ्ज
पुस १३ गते ।
वीरगन्जको आदर्शनगर रंगशालामा जारी अन्तर्राष्ट्रिय व्यापार मेला नेक्सो २०११ आज छैठौ दिन पनि जारी छ । मेलामा दैनिक १५ देखि २० हजारको सङ्ख्यामा दर्शक तथा आगन्तुकहरू आउने गरेको मुख्य आयोजक वीरगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । गत शुक्रबारबाट सुरु भएको औद्योगिक व्यापार मेलामा विशेष गरी स्ूचना प्रविधी, तयारी पोशाक र घरायसी सामानबारे जानकारी लिने र किनमेल गर्नेहरूको भीडभाड लाग्ने गरेको छ ।

मेलामा राष्ट्रिय फोटो पत्रकार समूह पर्सा शाखाले पनि फोटो प्रदर्शनीको आयोजना गरेको छ । मेलाको चौथो दिन अस्तिसम्ममा ६० हजार सर्वसाधारणले अवलोकन गरेको मूल समितिका सह संयोजक हरि गौतमले जानकारी दिनुभएको छ । मेला आयोजक मूल समितिका संयोजक अशोक टेमानीले मेलामा अपेक्षा गरिएभन्दा बढी सर्वसाधारणको सहभागिता हुने विश्वास व्यक्त गर्नुभएको छ । यसअघि हिजो नेपालका चर्चित गायक सुगम पोख्रेल, डिजराज पौडेललगायतका गायक तथा अन्य हास्यव्यंग्य कलाकारहरूले दर्शकहरूलाई मनोरन्जन प्रदान गरेका थिए ।
Don't Miss
© all rights reserved
made with by netKUTI