ताप्लेजुङ
पुस १३ गते ।
झापाको बिर्तामोडबाट ताप्लेजुङको दोभानका लागि छुटेको एउटा बस ईलामको रक्सेमा दुर्घटना हँुदा १६ जना गम्भिर घाइते भएका छन् । घाईतेलाई उपचारका लागि ईलाम, झापा र विराटनगरका अस्पतालमा पठाइएको छ । मे.१ ख ९१८ नं को बस आज बिहान पौने ९ बजे दुर्घटनामा परेको थियो । बसका सहचालक नविन रिजालले दुध बोकेर आउँदै गरेको गाडीलाई साईड दिने क्रममा बस दुर्घटनामा परेको बताउनुभयो । उहाँले कुहिरोले छेकेको बेला अर्को दिशाबाट आएको गाडीको पहिचान गर्न नपाएकाले दुर्घटनामा परेको बताउनुभयो । घाइतेहरू कसैको पहिचान भएको छैन । बस बीच सडकमा पल्टिएका कारण मेची राजमार्गको ईलाम फिदिम सडकखण्ड अवरुद्ध भएको छ ।